Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिईयोस् : सांसद बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद बस्नेतले राष्ट्रको अहितमा आएको सो प्रस्ताव मान्य नहुने भन्दै यस्तो माग राखेका हुन् ।

विदेशी दूधलाई नेपालमा भित्र्याउने, यहाँका उद्योगलाई समाप्त गर्ने र किसानलाई अझ बढी गरिब बनाउने राष्ट्रको हितविपरीत सरकारले बजेट वक्तव्यमार्फत गरेको सो निर्णय तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ ।

उनले बाँकेस्थित कपास विकास समितिलाई खारेज गर्ने निर्णय पनि फिर्ता लिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता लिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आभार पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077