Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी दलको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा एमालेसहितका प्रतिपक्ष दलले विरोध गर्दै संसदमा अवरोध गरेपछि सभामुख भुवनकुमार पाठकले सदन ६ बजे अर्को बैठक बस्ने गरी स्थगित गरेका हुन् ।

बैठकमा एमालेसहित राप्रपाका सांसदहरुले आसनबाट उठेर विरोध गर्दै सदन सञ्चालनमा अवरोध खडा गरेका थिए ।

मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथिको छलफलका क्रममा एमाले र राप्रपाका सांसदहरुले अवरोध सृजना गरेका थिए ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेको उल्लेख गर्दै सरकारले बजेटमा सन्तुलन कायम गर्न नसकेको आरोप लगाए ।

नेता थपलियाको सदनमा सम्बोधन सकिएसँगै एमाले सांसदले उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077