Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालको ४ दिवसीय भ्रमणमा नेपाल आएका ल्याक्रोइक्स र सेनापति शर्माबीच आज जङ्गी अड्‍डामा भेटवार्ता भएको हो ।

उपमहासचिव ल्याक्रोइक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त भेटमा आपसी चासोका विषयमा छलफल भएको बताईएको छ ।

यसैगरी, नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी बिग्रेडियर जेनेरल ये हन्टले पनि प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077