Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उच्च अदालतको अन्तरिम आदेश - बालेनलाई स्पष्टीकरण सोध्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय गोकर्ण डाँगी र जगदीश घिमिरेको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र अन्तर्गत पर्ने जग्गामा निर्मित भवनको तारजाली काटेको भन्दै महानगर प्रमुख शाहसँग उडानमा प्रतिबन्ध किन नलगाउने भनेर स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणमा रोक लगाउनुपर्ने माग गर्दै शाह उच्च अदालत पाटन पुगेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र जगदीश घिमिरेले मेयर शाहको निवेदनमा सुनुवाइ गर्दै प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

रिटमा प्रारम्भिक सुनुवाइपछि एकल इजलासबाट बालेनले स्पष्टीकरण दिनुनपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आज दुवै पक्षको उपस्थितिमा संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077