Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमलेन्द्र निधिको दाबी - वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले सो दाबी गरेका हुन् ।

उनले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे ।

उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारे । पाँच वर्ष सँगै हिँडेपनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077