Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँचदिने भ्रमणका लागि चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदैछन् ।

सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबारदेखि पाँच दिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहने छन् ।

मंगलबार राती ११ः२० को उडानमार्फत छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भई बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुने बताइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन् ।

सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सरिक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077