Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बजेट पास गर्दा विपक्षमा मतदान गर्ने भएको छ।

पार्टीका अध्यक्ष सीके राउतका अनुसार मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनाउँदै जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । संघीय संसदमा जनमत ६ सांसद छन्।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन ह्विप जारी गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077