Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

हेटौंडा । आज बस्ने तय भएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोध कायमै राख्ने अडान राखेसँगै बजेट माथिको छलफलका लागि बुधबार विहान ११ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार बैठक दिउँसो १ः३० बजेका लागि आह्वान गरिएको हो ।

प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि छलफलका लागि मंगलबार आह्वान गरिएको बैठकमा विपक्षी दलहरुको अवरोधका कारण संचालन हुन सकेको छैन ।

सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि हिजो अन्तिम समयमा आएर सूचना टाँसेर बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077