Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तापक्ष नै अनुपस्थित भएपछि बागमती प्रदेशसभा बैठक असार १७ गतेसम्मको लागि स्थगित

हेटौंडा । प्रतिपक्ष दलहरु नेकपा एमाले र राप्रपाले बागमती प्रदेशसभाको बुधबारको बैठकमा पनि अवरोध गरेपछि अर्को बैठक असार १७ गते बोलाइएको छ ।

हिजो स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो। निर्धारित समयमा बैठक सुरु गर्न नसकिएपछि दिउँसो १ बजेका लागि समय सारिएको थियो।

१ बज्दा पनि बैठक सुरु हुने कुनै चहलपहल नदेखेपछि ५ बजे बैठक बस्ने भन्दै सूचना टाँस भएको थियो। तर ५ नबज्दै सत्तापक्षका सबै सांसदहरु बैठक बहिस्कार गर्दै बाहिरिएपछि विपक्षी दल एमाले र राप्रपाका सांसदहरु मात्रै बैठक कक्षमा रहेका थिए।

बैठक प्रारम्भ हुनासाथ राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो धारणा राख्नासाथ बैठक अवरुद्ध भएको हो । थापाले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरुले सरकारले बजेट पुनर्लेखन नगरेसम्म संसद चल्न नदिने अडानसहित नाराजुलुस गरेका थिए ।

थापाले रोष्टमबाट बैठक अवरुद्ध हुने चेतावनी दिएसँगै सभामुख भुवन पाठकले बैठक असार १७ गतेसम्मको लागि स्थगित गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा हिजो छलफल गर्ने कार्यसूची रहेको भएपनि बजेटमा सत्ता र प्रतिपक्षी दलका सांसदलाई भेदभाव गरिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले बैठक अवरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077