Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीमाथिको विश्वास ५३ प्रतिशतमा झर्‍यो : एमाले अध्यक्ष ओली

    प्रधानमन्त्रीमाथिको विश्वास ५३ प्रतिशतमा झर्‍यो : एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए ।



    ओलीले भने, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वाभाविक हो । हामीले आफ्नो मत देखायौँ । प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो भन्ने त्यहाँ देखियो । त्यसमा अरू केही भनिरहनु परेन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार