Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

काठमाडौं । चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह ली फङबीच द्विपक्षीय भेटवार्ता भएको छ।

उनीहरुबीच बुधबार सिचुवान प्रान्तको राजधानी छेन्दुमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको बताइएको छ ।

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारे विचार तथा विमर्श भएको थियो। थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो।

यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढंगबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ। दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077