कैलाली । नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चाको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
कैलालीको धनगढीमा जनसङ्गठन समन्वय संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । उनले माधव कुमार नेपालले आफ्नो औचित्य बचाउन समाजवादी मोर्चातर्फ केन्द्रित भएको बताए ।
भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भने ‘नेकपा एकीकृत समाजवादीका सांसदहरू अब त्यहाँ नरहने खतरा उहाँले देख्नु भयो त्यहि भएर ती सांसद र नेतालाई बचाउन समाजवादी मोर्चा तिर लाग्नु भएको हो । अब समाजवादी मोर्चाको पनि औचित्य छैन ।’
जनताका समस्याहरूका बिषयमा भन्दा पनि सत्ता बचाउने ढंगले मोर्चा तयार गरिएको उनको दाबी थियो । अब धेरै समय मोर्चा पनि नरहने उनको भनाई छ ।