Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ। मन्त्रालयगत छलफलका लागि प्रदेशसभाको आज बसेको दोस्रो अधिवेशनको सोह्रौँ बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि स्थगित भएको हो।

सभामुख नन्दा गुरुङले बैठकको कारबाही सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक टेकराज पछाईंले शून्य समयमा बजेटमा प्रदेशसभा सदस्यको योजना नआएको, बजेटमा विचौलियाको योजना समेटिएको, मुख्यमन्त्री तथा योजनामन्त्रीले आफूखुसी बजेट हालेको, बजेट हाल्न दबाब दिएको आरोपमा कारबाही गरिएका कर्णाली प्रदेश योजना आयोगको कर्मचारीको नाम सार्वजनिक नगरेको बताए।

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएर एमालेले सदनमा अवरोध कायम गर्दा सभामुख गुरुङले आधा घन्टाका लागि स्थगित गरेका थिए।

बैठक पुनःचल्न सक्ने अवस्था नभएपछि कर्णाली प्रदेश नियमावली, २०७९ को नियम ६ उपनियम २ र ३ बमोजिम असार १४ गते दिनको १ बजे बैठक बस्ने सूचना टाँस गर्दै आजको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077