Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ ।

बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077