Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विद्यार्थी गुरूको ढाड भाचेर बहादुरी देखाउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : केपी ओली

    विद्यार्थी गुरूको ढाड भाचेर बहादुरी देखाउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 660
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताएका छन् ।

    मदन भण्डारी कलेको वार्षिकोत्सवका सन्दर्भमा बिहीबार काठमाडौंमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता दिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भनेर । गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’



    अध्यक्ष ओलीले सभ्यता बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिनु दुःखद् भएको बताए। उनले प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भन्दै मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताए।

    उनले त्यस्ता विद्यार्थी नाममात्र भएको बताए। उनले यस्तो संस्कृतिबाट हामी जोगिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार