Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए कांग्रेस र माओवादीलाई पत्र

विराटनगर । कोसी प्रदेशमा नयाँ सत्तासमीकरणको चलखेल भइरहँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई विश्वासको मत माग्दै पत्र पठाएका छन् ।

सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार आज दिउँसो मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद (प्रदेशसभा सदस्य छन् ।

दुवै दलका ४६ सांसदसहित एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की हाल मुख्यमन्त्री छन् । यद्यपि, उनी अल्पमतमा छन् । गत निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो ।

प्रदेशमा चुनावपछि राप्रपा, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सहितको समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो । प्रदेशभामा माओवादीका १३ (सभामुखसहित) र जसपाका १ सांसद छन् ।

सत्तासाझेदार जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077