Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले भने – मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्नौं, मध्यावधिमा गयो भने फेस गरौंला

    कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले भने – मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्नौं, मध्यावधिमा गयो भने फेस गरौंला

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 960
    SHARES

    विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले अहिलेको सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।

    प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक रहेको भन्दै नेता थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका हुन् ।



    नेता थापाले भने, ‘प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं । त्यसका लागि ४ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा बीचमा एक भएर अघि बढ्ने सहमति भएको छ । सहमति अक्षरस पालना हुन्छ । त्यसमा कुनै शंका गर्नु पर्दैनन् ।’



    उनले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे । एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनको भनाइ छ।

    थापाले गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने पनि बताए । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । उनलाई राप्रपाको साथ छ । सत्तारुढ दलसँग ४६ सांसद छन् । विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार