Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अहिले विचारबिनाका पार्टीहरको लहर चलेको छ : केपी ओली

    अहिले विचारबिनाका पार्टीहरको लहर चलेको छ : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 906
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरुको लहर चलेको बताएका छन् ।

    मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताए ।



    अध्यक्ष ओलीले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिनाविचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’

    राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार