Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठले गरे चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् ।

पाँचदिने चीन भ्रमणमा रहेका उनले बिहीबार उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए ।

चीनले पाण्डालाई उचित महत्त्व दिँदै संरक्षण गरिरहेको छ । सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् ।

पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077