Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तत्काल मध्यावधिको तयारीमा छैनौं, परिस्थितिले जहाँ पुर्‍यायो भने जाने हो : हिक्मत कार्की

विराटनगर । कोशी प्रदेशसभाबाट विश्वासको मत नपाएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधिको तयारीमा नभएको बताएका छन् ।

विश्वासको मत लिने कार्कीको प्रस्ताव शुक्रबार मात्र प्रदेशसभाले अस्वीकृत भएपछि कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले भने, ‘तीन हुनुपर्ने हो, २ को प्रक्रिया सकिएपछि तीन हुनुपर्ने हो, प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ, त्यही हुन्छ । परिस्थितिले जहाँ पुर्‍याउँछ, त्यही बस्ने हो । मध्यावधीको तयारीमा छैनौं, परिस्थितिले पुर्यायो भने जाने हो ।’

उनले एमाले मध्यावधिको पक्षमा नरहेको बताए । उनले आफू संविधान र कानूनको पक्षमा रहेको देखाउन मत विभाजनमा गएको बताए । विश्वासको मत लिने कार्कीको प्रस्ताव शुक्रबार मात्र प्रदेशसभाले अस्वीकृत गरेको थियो ।

प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो । कार्कीले विश्वासको मत नपाएसँग एमाले नेतृत्वको सरकार ढल्यो भने अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077