Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी प्रभावित स्थल अवलोकनमा निस्किए मन्त्री ज्वाला, दुई दिन प्राविधिक टोलीसँगै बस्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढीपहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न प्रभावित स्थल अवलोकन भ्रमणमा निस्किएका छन्।

पुर्वी नेपालमा यहि २ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति पुर्याएको थियो ।

सो समयमा मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो।

त्यसपछि निर्माणधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका हुन् ।

मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077