Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदी र भ्लादिमिर पुटिनबीच फोन वार्ता, के भयो कुराकानी ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा कुराकानी भएको छ ।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको हो ।

टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस-युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको बताइएको छ ।

रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077