Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी अन्तर्राष्ट्रिय क्र‍िकेट मैदानको नाम परिवर्तन गरेको छ ।

क्यानले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको हो। मैदान क्यानका पूर्व अध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा राखिएको छ ।

पूर्व अध्यक्ष शाहको सम्मानमा नामकरण गर्ने निर्णय भएको क्यानले जनाएको छ। अब उक्त मैदानलाई जयकुमार नाथ साह मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनिने छ। यसअघि यसको नाम माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान थियो।

शाहकै नेतृत्वमा नेपाल सन् १९८८ मा आईसीसीको एफिलिएटेड सदस्य बनेको थियो भने एशोसिएट सदस्यमा बढुवा भएकै वर्ष १९९६ मा नेपालले पहिलो पटक मलेशियामा एसीसी ट्रफी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077