Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको बताए।

अध्यक्ष नेपालले भने,‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैर कम्युनिष्ट पार्टीहरु समेत रहेका छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ। हामी एकताबद्ध भएर अगाडि बढ्छौं। संविधानमा विमति राख्नेसँग त हातेमालो गरेर अगाडि बढिरहेका छौं भने संविधान मान्नेसँग सँगै हिड्न गाह्रो छैन।’

अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना नभएको बताए। अध्यक्ष नेपालले पार्टीलाई बलियो बनाउन चाहने धारणा राखे। उनले लक्ष्य राखेर अगाडि बढ्दा सफल हुने धारणा राखे।

अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना नभएको नेपालले बताए । समाजवादप्रति आकर्षण बढिरहेको उनको भनाई छ। उनले कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077