Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन : माधव नेपाल

    जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 615
    SHARES

    काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    ६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।



    अध्यक्ष नेपालले जनताले अपेक्षा गरेअनुसार विकासका काममा गति लिन नसकेको बताए।



    उनले भने,‘जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन। शासन, प्रशासन चलेको छैन। भ्रष्टाचार अहिले पनि व्याप्त छ। ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ। जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

    सरकारलाई सांसदहरूले दबाब दिइरहनुपर्ने पनि उनले बताए। सा‌ंसदहरूको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए।

    जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरे।

    अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

    जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार