Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनतालाई सुखी बनाउने काम कम्युनिष्ट पार्टीले नै गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै जनतालाई सुखी बनाउन सक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताए। त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले भने,‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ ।त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ ।’

अध्यक्ष नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए । यो काममा आफूहरु पनि लागेको उनले बताए । नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077