Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिमा डा. कार्की

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 786
    SHARES

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कामु उपकुलपतिमा सरकारले डा. प्रल्हाद कार्कीलाई नियुक्त गरेको छ।

    प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन्।



    यसअघि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै शिक्षाध्यक्ष डा. सञ्जिव शर्माले सम्हाल्दै आएका थिए ।



    प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक डा. कार्कीले अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक क्षेत्र पनि हेर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार