Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेससँग कुनै हिमचिम छैन, भेट्दा ‘हाइहेलो’ मात्रै हुन्छ : अध्यक्ष ओली

    कांग्रेससँग कुनै हिमचिम छैन, भेट्दा ‘हाइहेलो’ मात्रै हुन्छ : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताएका छन् ।

    संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताउँदै उनले कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।



    कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ नि रु भन्ने प्रश्नमा कांग्रेसका नेताहरू कुरा गर्नै डराइरहेको ओलीको जवाफ थियो । ‘कांग्रेससँग कुनै हिमचिम छैन । फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो । उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनु भएको छ,’ उनले भने ।



    कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको ओलीले सुनाए । यस्तै उनले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । प्रदेशको नामकरणबाट अन्य दलपछि हटे पनि एमाले पछि नहट्ने उनको अडान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार