Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मूलपानी क्रिकेट मैदानको गेटमा स्थानीयले लगाए ताला

काठमाडौं । मूलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयहरुले क्रिकेट मैदानको गेटमा ताला लगाई दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को १५ असारमा बसेको बैठकले संघका पूर्वअध्यक्ष दिवंगत जयकुमारनाथ शाहको नामबाट क्रिकेट मैदानको नाम राख्ने निर्णय गरेको थियो ।

उक्त नाममाथि असन्तुष्ट जनाउँदै उनीहरुले क्रिकेट मैदानको गेटमा ताला लगाएका हुन् ।

क्यानका संस्थापक तथा पूर्व अध्यक्ष शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरिएको थियो ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077