Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्रेजरी बिलमार्फत २९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    ट्रेजरी बिलमार्फत २९ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 570
    SHARES

    काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत साढे २९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ट्रेजरी बिलमार्फत मात्र सरकारले २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

    यसका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने पाँच अर्ब नयाँ ऋणपत्र उठाइने छ।



    आठ अर्ब रूपैयाँको २८ दिने, सात अर्ब ७५ करोडको ९१ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५० हजारको तीन सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो। नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ।



    यसअघि असार ११ मा २४ अर्ब रूपैयाँको ऋणपत्र बोलकबोल गरिएको थियो। जसमा औसत ब्याजदर ५।६१ देखि ७।१९ प्रतिशतसम्म कायम भएको छ। केही महिना अघिसम्म यस्ता ऋणपत्रको ब्याजदर दोहोरो अंक नाघेको थियो।

    ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसपटक २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार