Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन्।

श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८०औं वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुनेछन् ।

उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077