Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उद्योग मन्त्रालयले भन्यो – सरकारसँग पर्याप्त खाद्यान्न छ, वर्षायाममा अभाव हुँदैन

    उद्योग मन्त्रालयले भन्यो – सरकारसँग पर्याप्त खाद्यान्न छ, वर्षायाममा अभाव हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा नेपालमा खाद्यान्नको अभाव नहुने जनाएको छ ।

    मन्त्रालयले देशभर रहेका सरकारी गोदाममा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको तथा थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया चलिरहेको भन्दै अभाव नहुने दाबी गरेको हो ।



    खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्वीन्टल खाद्यान्न मौजाद छ । त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरुमा २५ हजार ५ सय ५ क्वीन्टल खाद्यान्द मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्याङ्क छ ।



    प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

    हाल २६ हजार ३ सय ७५ क्वीन्टल धान मौजाद छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै २ लाख ६६ हजार ३ सय क्वीन्टल खाद्यान्न मौजाद रहेको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार