Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेलाई एक नम्बर पार्टी बनाउन कर्णाली आएको हुँ : लेखराज भट्ट

सुर्खेत । नेकपा एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीलाई एक नम्बर बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् ।

जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आत्मकेन्द्रीत सोच त्यागेर काम गर्नुपर्ने बताए ।

इन्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे ।

पार्टी केन्द्रले पठाएका अन्तर पार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनले बतए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077