Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामपन्थी एकताको कुरा गर्नु 'काशी जानु कुतीको बाटो' भने झै हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताहरूको टाउको जोडेर पार्टी एकता हुन नसक्ने बताएका छन् । मंगलबार फेसबुकबाट पोखरेलले पार्टीहरूबीच ध्रुवीकरण आवश्यक रहेको तर नेकपाको पुनर्स्थापना बाटोबाट नहुने बताएका हुन् ।

‘यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपा नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सक्रिय देखिन्छन्’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘यतिसम्मकी आम चुनावबाट प्राप्त जनादेश अनुरुप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपन्थी एकताको कुरा गर्न थालेका छन् ।’

उनले अगाडि थपेका छन्, 'अब नेताहरूको टाउका जोडेर होइन, भविष्य भएका युवाहरूको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्छ ।' उनले अवसर र अस्तित्व रक्षाका लागि नेकपा ब्युताउने चर्चा चलाइएको पनि आरोप लगाएका छन् । ‍

नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा (एमाले) का विरुद्धमा घेराबन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ’काशी जानु कुतीको बाटो’ जस्तै रहेको भने झैँ रहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077