Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीको रामगोपालपुरमा गोली चल्यो, यादव गम्भीर घाइते

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकामा गोली चलेको छ ।

रामगोपालपुर नगरपालिका-१ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुई राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथि गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थमा पठाइएको छ ।

गोली प्रहार गर्ने कौशल मण्डल र उनले प्रयोग गरेको पेस्तोल गोलीको खोका ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रामगोपालपुरले मण्डललाई पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077