Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077