Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जंगली च्याउ खाँदा मोरङमा एकै परिवारका ४ जना बिरामी

मोरङ । मोरङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी परेका हुन् ।

सिकिस्त अवस्थाका बिरामीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विजयले घरनजिकको बाँस झ्याङमा उम्रिएको च्याउ टिपेर ल्याएको र पकाएर तरकारीका रूपमा परिवारका सबै जनाले खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077