Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति ‘नकचरोपन’ को परिणाम हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई ‘नकचरोपनको परिणाम’ संज्ञा पनि दिएका छन् ।

महासचिव पोखरेलले ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘प्रचण्डजी धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने भनाइ उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो।’

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य रहेको उल्लेख गर्दै उनले सांसदलाई यस विषयमा गम्भीर ध्यान दिन पनि आग्रह गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्कै अपमानित गरेको उनको भनाइ छ ।

यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077