Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 861
    SHARES

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । एमालेले आज (बुधबार) दिउँसो १:३० बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले विरोध जनाउन संसदीय दलको बैठक डाकेको जनाईएको छ ।



    भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएका थिए ।



    एमालेले आज बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पनि यो विषय जोडले उठाउने तयारी थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार