Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पानीको निकास नहुँदा राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा

काठमाडौं । वर्षाको पानी निकास नहुँदा सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ ।

मंगलबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले अस्पताल डुबानमा परेको हो । ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ ।

अत्यधिक वर्षाका कारण राजविराजसहित जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।

साथै जिल्ला प्रशासन कार्यालय सप्तरीले अविरल वर्षा भइरहेकाले होचो स्थानमा डुबान तथा बाढीको सम्भावना रहेकाले विशेष सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077