Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

लक्षित राजस्व उठाउनेतर्फ केन्द्रित बन्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीहरुलाई मन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।

उनले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।

कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउँदै उनले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिए ।

अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउँदै उनले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077