Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पृथ्वीराजमार्गको पहिरो हटाएपछि एकतर्फी सुचारु

    पृथ्वीराजमार्गको पहिरो हटाएपछि एकतर्फी सुचारु

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 453
    SHARES

    तनहुँ । पृथ्वीराजमार्गको दमौली–पोखरा खण्डमा भएको अवरोध हटेको छ ।

    बुधवार साँझ ६ बजे म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बिचमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।



    पहिरो हटाएर हाल एक तर्फी रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो ।



    चार घण्टा ३५ मिनेट सम्म निरन्तर पहिरो हटाएपछि एकतर्फी सुचारु भएको र आज दिउँसो सम्ममा दुवैतर्फ खुलाउने गरी काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार