Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

    आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 699
    SHARES

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

    सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।



    आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।



    सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

    माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको छ ।

    पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार