Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला नजिक शनिबार सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार अपराह्न करिब ४ बजेतिर पहिरो खसेको हो ।



    सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदै गरेको सो कार्यालयले जनाएको छ ।



    हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार