Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बौद्ध-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले बन्द गरे सडक

    बौद्ध-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले बन्द गरे सडक

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 600
    SHARES

    काठमाडौं । सडक कालोपत्रे नभएको भन्दै काठमाडौं बौद्धका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

    लामो समयसम्म पनि सडक कालोपत्रे नभएपछि उनीहरुले बुधबार बौद्ध-साँखु सडकखण्डमा पर्ने नारायणटारदेखि दक्षिणसम्म सडक बन्द गरेका छन् । उनीहरुले हिजो पनि सडक बन्द पारेका थिए ।



    सडक धुलाम्मे हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएपछि उनीहरु आक्रोशित भएका हुन् ।



    उनीहरूले बिहानदेखि नारायणटार पुलदेखि दक्षिण ढोकासम्म दुवैतर्फका सवारी आवागमन रोकेका छन् । यसअघि जेठ १० गतेभित्र निर्माण गरिसक्ने सहमति गरेपनि पालना नभएको भन्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार