Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

    पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखरा-बाग्लुङ सडकखण्डमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

    पर्वतको मोदी गाउँपालिका–६ महभीरमा गएको पहिरोको कारण सोमबार रातीदेखि सडक अवरुद्ध बनेको हो ।



    भीरबाट ठूला–ठूला ढुङ्गासहित खसेको पहिरोले पन्छाउन बिहानैदेखि डोजर परिचालन गरिएको पर्वत प्रहरीले जनाएको छ ।



    पोखरातर्फबाट गएका सवारी साधन नयाँपुलमा रोकिएका छन् भने बाग्लुङतर्फबाट आएका सवारी साधन डिमुवामा रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार