Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सडक चौडा गर्न तानसेन-रिडी खण्ड १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने

    सडक चौडा गर्न तानसेन-रिडी खण्ड १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    पाल्पा । तानसेन-रिडी सडक खण्ड बन्द भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो ।

    मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।



    सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।



    उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ्ग, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग-बतासेडाँडा भएर चल्न सक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार