Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरित, प्रधानमन्त्रीको राजीनामा माग्नु स्टन्डबाजी हो : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल भरतपुरले बिहिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गरे । उनले भने ‘राजिनामालाई स्टन्डडबाजीको रुपमा बाहिर प्रचार र्न वा भाषण गर्दा बोल्नु एउटा कुरा हो। बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यताको विपरित हो । म आशा गर्छु उहाँहरुले यो कुरालाई बुझेर संसद सुचारु गर्न सहयोग गर्नुहुन्छ।’

साथै उनले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय मान्यता विपरित काम गरेको बताए । आफूलाई प्रधानमन्त्री बनाउन सहयोग पुर्‍याउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077