Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले युक्रेनलाई विवादास्पद क्लस्टर बम दिने

    अमेरिकाले युक्रेनलाई विवादास्पद क्लस्टर बम दिने

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 642
    SHARES

    एजेन्सी । अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ ।

    राष्ट्रपति जो बाइडेनले आफ्नो ‘निकै कठिन निर्णय’ को बचाऊ गरेका छन् ।



    राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण यो निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिएका छन् ।



    युक्रेनका नेताहरुले यो ‘समयसापेक्ष’ कदमको स्वागत गरेका छन् भने रुसले वासिङ्टनको दोगलापनको विरोध गरेका छन् । क्लस्टर बम विश्वका १२० देशमा प्रतिबन्धित रहेको छ ।

    बाइडेनले आफ्ना सहयोगी राष्ट्रहरूलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेको बताए । अर्को हप्ता लिथुयानियामा नेटोको सम्मेलनको आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार