Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तटबन्धका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइकाे मृत्यु

    तटबन्धका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एकै परिवारका दुई दाजुभाइले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमा सर्लाहीको पर्सा गाउँपालिका-४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो रहेका छन् ।



    शनिबार साँझ ५ बजे घरबाट खेल्न निस्केका उनीहरु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा मृत फेला परेका हुन् ।



    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार